धुर्मुस सुन्तलीकाे ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट’ प्रतियोगिता, पारस र ज्ञानेन्द्र भिड्ने

काठमाण्डु टुडे २०७५ चैत ५ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ५ चैत्र – २३ गते कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ ।

चितवनमा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला बनाउन काम गर्दै आएको धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका लागि सहयोग जुटाउन उक्त प्रतियोगिता गर्न लागेको होे ।

चैत २३ मा राष्ट्रिय टोली कप्तान कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वका दुई टोलीबीच खेल हुनेछ । मंगलबार पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो ।

दोस्रो खेल हास्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले कप्तानी गर्ने दुई फरक टोलीबीच हुनेछ । चितवनमा सुविधा सम्पन्न अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण लागि सहयोग जुटाउन आयोजना गरिने यो प्रतियोगितालाई मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको नाम दिएको छ ।

मंगलबार (आज) आयोजित पत्रकार सम्मेलनमा सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली तथा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल उपस्थित थिए । कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको पनि सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us