सोमपालकाे अमेरिका भ्रमण रद्द, अन्य तीन खेलाडीले भिषा नै पाएनन्

काठमाण्डु टुडे २०७५ फागुन २९ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, २९ फागुन – अमेरिकामा हुने टू एक्स क्रिकेट कपमा खेल्न कुनै पनि नेपाली खेलाडी नजाने भएका छन् ।

नेपालका तर्फबाट चार जना खेलाडीलाई निम्तो दिइएको थियो । तर, तीन खेलाडीले भिषा पाउन सकेनन् । सोमपाल कामीलाई भिषा दिइएको भएपनि प्राविधिक कारणले गर्दा उनको अमेरिका भ्रमण रद्द भएको हो ।

यसअघि करण केसी, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीलाई पनि बोलाइएको भए पनि उनीहरुले अमेरिका प्रवेशाज्ञा नै पाउन सकेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us