पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै

काठमाण्डु टुडे २०७५ फागुन २७ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, २७ फागुन – पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् ।

सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ज गरिसकेका छन् । ‘एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छाेटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो’, खेलाडी सुनारले भने । खोटाङ जिल्लामा जन्मिएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन् ।

वल्र्ड रेकर्डका लागि आजै ‘मस्ट ट्विस्टिङ्ग ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधाको रेकर्ड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us