यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७५ फागुन २६ गते ११:४० मा प्रकाशित

काठमाण्डु, २६ फागुन – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९४पैसा र बिक्रीदर ११२ रुपैयाँ ५४ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा छ । यस्तै आज आइतबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९८ रुपैयाँ ५३ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केहि पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us