एजेन्सी । बेल्जियम राष्ट्रिय टोलीका मिडफिल्डर मारोउने फेलानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी फेलानीले सन्यासको घोषणा गरेका हुन् ।

सन् २०१८ को रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । फेलानीले बेल्जियम राष्ट्रिय टोलीबाट ८७ खेल खेल्दै १८ गोल गरेका थिए ।
क्लब फुटबल करियरमा उनले म्यानचेस्टर युनाइटेड, स्टान्डर र एभर्टनबाट फुटबल खेलेका छन् ।
भर्खरै म्यानचेस्टरबाट चाइना क्लब शान्डोङ लुनेङ गएका उनेले आफ्नो डेब्यु खेलमा नै एक गोल गर्न सफल भएका थिए । फेलानीले सन् २००७ देखि राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका थिए ।