सन्दीपले जिते उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड

काठमाण्डु टुडे २०७५ फागुन २१ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २१ फागुन – एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेले जितेका छन् ।

यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

यस वर्ष उनले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us