सीता मगरले जितिन् उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड

काठमाण्डु टुडे २०७५ फागुन २१ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, २१ फागुन – एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड सीता राना मगरले जितेकी छन् ।

उनले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us