चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ नेपाल आउँदै

काठमाण्डु टुडे २०७५ फागुन १६ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, १६ फागुन – दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाण्डु आइपुग्ने कार्यक्रम छ ।

उनिसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिए । दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्ने बताइएको छ ।

‘दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us