सिक्किम युनाइटेडले खायो ५ गोल, थ्रीस्टार सेमिफाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७५ फागुन १३ गते १७:५३ मा प्रकाशित

पोखरा, १३ फागुन – भारतको सिक्किम युनाइटेडलाई ५–२ गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारको जितमा अनिल गुरुङले ह्याट्रिक गरे ।

पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारमा आबद्ध भएपछि पहिलो गोलका साथै पहिलो ह्याट्रिक गरेका अनिल गुरुङको प्रेरणादायी प्रदर्शनका कारण सहज जित निकाल्यो । खेलको २६ औंँ मिनेटमा अनिलले गोल पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता दिलाए ।

एक दशक मनाङ मर्स्याङ्दी क्लबबाट खेलेर यसै सिजन थ्रीस्टारमा गएका अनिलले त्यसपछि ८१ र ८५ औंँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

थ्रीस्टारका लागि अर्को एक गोल मार्टिन्स अजायीले गरे भने एक गोल उपहार पायो । सिक्किमका लागि सोनाम छिरिङ भुटिया र छिरिङ लोप्चेले एक-एक गोल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us