काठमाण्डु गोल्डेन्सले डीपीएल क्रिकेट बहिष्कार गर्‍यो

काठमाण्डु टुडे २०७५ फागुन १० गते ११:५९ मा प्रकाशित

काठमाण्डु , १० फागुन – काठमाण्डु गोल्डेन्सले धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता बहिष्कार गरेको छ ।

उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो ।

योसँगै डीपीएलको उपाधिका लागि शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले उपाधि भिडन्त गर्ने छन् । नियमविपरीत बलिङ गरेको भन्दै काठमाण्डुका महत्वपूर्ण खेलाडीसमेत रहेका अंकित दबासलाई डीपीएलमा प्रतिबन्ध लागेपछि काठमाण्डु आयोजकसँग रुष्ट बनेको थियो ।

कुनै खेलाडीको बलिङमा शंका लागेको खण्डमा व्यापक अनुसन्धानपछि मात्र प्रतिबन्धको निर्णय लिइन्छ । तर यसमा कुनै अध्ययन अनुसन्धानबिना नै प्रतिबन्ध लगाइएको आरोप काठमाण्डु गोल्डेन्सले लगाएको छ ।

अंकित दबास झारखण्डबाट भारतको रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । झारखण्डबाट उनले यू–१६, यू–१९ र यू–२३ पनि खेलिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us