क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस

काठमाण्डु टुडे २०७५ माघ २१ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, २१ माघ – राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ ।

खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले यस्तो बताएका हुन् । उनले भने , ‘प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’

नेपालले हालै मात्र यूएईसविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us