यूएईलाई झट्का, नेपालले चौथो विकेट झार्यो

काठमाण्डु टुडे २०७५ माघ १७ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, १७ माघ – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको चाैथाे विकेट लिएको छ । सन्दीप लामिछानेले मोहम्बद उसमानको विकेट लिएका हुन् । उनले १३.५ ओभरमा मोहम्बद उसमानलाई कप्तान पारस खड्काको हातबाट क्याच आउट गराएका हुन्। 

यसअघि युएईका सिपी रिज्वान २२ रन बनाएर आउट भएका थिए । उनलाई नेपालका बसन्त रेग्मीले आउट बनाएका थिए ।

यसअघि घुलाम शब्बेर ८ रनमा आउट भए । सोमपाल कामीले विकेट लिए । यसअघि अस्फाक अहमद दुई रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका थिए ।

आईसीसी क्रिकेट एकेडेमीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरेको हो । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने लक्ष्य बनाएको छ ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

यता, यूएई पनि नेपाललाई पराजित गर्दै टी–ट्वान्टी क्रिकेटको सिरिज जित्न चाहन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us