नेपाललाई पाँचौ सफलता, यूएईको अर्को विकेट झर्यो

काठमाण्डु टुडे २०७५ माघ १४ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, १४ माघ – युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई पाँथौ सफलता मिलेको छ । नेपाली बलर करण केसीले आफ्नो आठौं ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । कप्तान पारस खड्काले चौथो विकेट लिएका थिए । पारसले मोहम्मद उस्मानको विकेट झारेका थिए ।यसअघि बलर सन्दिप लामिछानेले युएईका घुलाम सब्बरलाई आउट गरेका थिए ।

करन केसीले युएईका चिराग सुरी र सोमपाल कामीले अस्फाक अहमदलाई शून्य रनमा आउट गरेका थिए । टस जितेर नेपालले युएईलाई ब्याटिङको निम्तो दिएको हो ।

युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपालले युएईलाई हराएमा इतिहासमै पहिलोपटक एकदिवसीय सिरिज जित्नेछ ।

नेपाली टोली युएईविरुद्धको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तर, शनिबार भएको दोस्रो खेलमा नेपालले युएईमाथि १४५ रनको शानदार जित निकालेको थियो । दोस्रो खेलमा नेपालको ब्याटिङ र बलिङ प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us