काठमाण्डु, १४ माघ – युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाली बलर सन्दिप लामिछानेले युएईका घुलाम सब्बरलाई आउट गरेका छन् । तीन विकेटको क्षतिमा युएईले १९.४ ओभरमा ४७ रन जोडेको छ ।
यसअघि नेपाली बलरद्वय करन केसीले युएईका चिराग सुरी र सोमपाल कामीले अस्फाक अहमदलाई शून्य रनमा आउट गरेका थिए । टस जितेर नेपालले युएईलाई ब्याटिङको निम्तो दिएको हो ।
युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपालले युएईलाई हराएमा इतिहासमै पहिलोपटक एकदिवसीय सिरिज जित्नेछ ।
नेपाली टोली युएईविरुद्धको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तर, शनिबार भएको दोस्रो खेलमा नेपालले युएईमाथि १४५ रनको शानदार जित निकालेको थियो । दोस्रो खेलमा नेपालको ब्याटिङ र बलिङ प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।