काठमाण्डु, १४ माघ – युएईमा जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन् । उनले तेस्रो ओभरको पाँचौ बलमा आस्फाक अहमदलाई विकेट किपर बिनोद भण्डारीको हातबाट क्याच आउट गराए ।
आफ्नो पहिलो ओभरमा मेडन फालेका कामीले दोस्रो ओभरमा १ रन दिँदै विकेट लिन सफल भएका हुन् । यस्तै उनले व्यक्तिगत तेस्रो ओभरमा पनि मेडन फालेका छन् । यो सँगै सोमपाललले ३ ओभर बलिङ गर्दै १ रन खर्चिएर १ विकेट लिएका छन् ।
यसअघि नेपालका लागि करन केसीले २ ओभरमा एक मेडनसहित १ रन खर्चिएका छन् । यो सँगै ५ ओभरको समाप्तीमा युएई १ विकेट गुमाउँदै २ रन बनाएर खेलिरहेको छ ।