एजेन्सी । म्यानचेष्टर सिटी, वाटफोर्ट र स्वान्सी एफ ए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेका छन् ।
बर्नलीलाई ५–० को फराकिलो अन्तरले हराउँदै सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा ४ गोल थप्दै फराकिलो जित हात पारेको हो । ग्राबियल जिसस, बर्नाण्डो सिल्भा, केभिन डि ब्रुयेन र सर्जियो अगुईरोले गोल गरे ।
अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । बाटफोर्टले न्यु क्यासल युनाईटेडलाई २–० ले हराउँदै पाँचौ चरणमा स्थान बनाउँदा, स्वान्सीले गीलिङह्यामलाई ४–१ ले हरायो । डर्बि काउन्टी र मिल्वालले पनि चौथो चरणमा जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएका छन् ।