नेपालले दियो यूएईलाई २४३ रनको लक्ष्य

काठमाण्डु टुडे २०७५ माघ १२ गते १५:४४ मा प्रकाशित

काठमाण्डु, १२ माघ – नेपालले युएईलाई २४३ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा जारी दोस्रो खेलमा निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा नेपालले २४२ रन बनाउन सफल बन्यो ।

नेपालका तर्फबाट रोहित कुमार पौडेलले अर्धशतक प्रहार गर्न सफल भए। उनले ५८ बल खेलेका पौडेलले नेपालका लागि ५५ रन बनाएका हुन्। उनले आफ्नो पारीमा ७ चौका समेत प्रहार गरे।

त्यस्तै, ज्ञानेन्द्र मल्लले ४४ रन जोड्न सफल भए। ६१ बल खेलेका मल्लले ५ चौका प्रहार गरे । विनोद र पारसले २१र२१ रन जोड्न सफल भए। अरिफले २९ र करन केसीले १८ रन जोड्न सफल रहे।

विनोद भण्डारी, अरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १र१र१ चौका प्रहार गरे भने र पारस खड्काले १ चौका प्रहार गरे। त्यस्तै,करन केसीले १ चौका र २ छक्का प्रहार गर्न सफल भए । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us