नेपालको पाँचौ विकेट गुम्यो, पारस पनि आउट

काठमाण्डु टुडे २०७५ माघ १२ गते १३:५१ मा प्रकाशित

काठमाण्डु, १२ माघ – यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

पाँचौं विकेटको रुपमा कप्तान पारस खड्का आउट भएका छन् । पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझोदारी गर्दै राम्रो सुरुआत गरे पनि मध्यक्रमका व्याट्सम्यानहरु आज पनि जम्न सकेनन् ।

पहिलो विकेटको रुपमा विनोद भण्डारी २१ रन बनाउँदै आउट भएका थिए । टिमको स्कोर ७० रन हुँदा ज्ञानेन्द्र मल्ल ४४ रनको व्यक्तिगत स्कोरमा दोस्रो विकेटको रुपमा आउट भए ।

२२ औं ओभरमा ८५ रन हुँदा नेपालले तेस्रो विकेट गुमायो । नेपालले ११० रन बनाउँदा चौथो विकेटको रुपमा पवन शर्राफलाई गुमाएको थियो । पाँचौ विकेटको रुपमा कप्तान पारस खड्का व्यक्तिगत २१ रनमा आउट भए । अहिले क्रिजमा आरिफ शेख र रोहित पौडेल रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us