काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपालकाे पाँचौ विकेट पनि गुमेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजोर प्रर्दशन गरिरहेको छ । नेपालका साेमपाल कामी भए ।
साेमपालको ठाउँमा पवन सराफ आएका छन् । अहिले क्रिजमा सरिफ सेख र सराफ छन् । साेमपाललाइ इमरान हाइडरले अाउट बनाएका हुन् ।
शुरूमा उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए । त्यसलगत्तै पाँच रन बनाएर विनोद भण्डारी पनि आउट भएका थिए ।
ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन् । भण्डारी पनि नाविदकै बलमा आउट भए । कप्तान पारस खड्का पनि आउट भइसकेका छन् । खड्का अमिद हायारको बलमा आउट भएका हुन् ।
खड्काले ३४ बलमा १६ रन बनाएर आउट भएका थिए । खड्काको सट्टामा आएका दिपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भएका थिए ।