काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई चाैथाे विकेट पनि गुमेको छ । नेपालका दिपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भएका हुन् ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजाेर प्रर्दशन गरिरहेकाे छ । ऐरीकाे ठाउँमा सरिफ सेख आएका छन् । अहिले क्रिजमा साेमपाल कामी र सेख छन् ।
शुरूमा उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए । त्यसलगत्तै पाँच रन बनाएर विनोद भण्डारी पनि आउट भएका थिए ।
ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन् । भण्डारी पनि नाविदकै बलमा आउट भए । कप्तान पारस खड्का पनि अाउट भइसकेका छन् । खड्का अमिद हायारकाे बलमा अाउट भएका हुन् । खड्काले ३४ बलमा १६ रन बनाएर आउट भएका थिए ।