कप्तान पारस खड्का आउट

काठमाण्डु टुडे २०७५ माघ ११ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई तेस्रो विकेट पनि गुमेको छ । नेपालका कप्तान पारस खड्का आउट भएका हुन् । 

टस हारेर ब्याटिङमा उत्रिएको नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए । त्यसलगत्तै पाँच रन बनाएर विनोद भण्डारी पनि आउट भइसकेका छन् ।

ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन् । भण्डारी पनि नाविदकै बलमा आउट भए । खड्का अमिद हायारकाे बलमा अाउट भएका हुन् । खड्काले ३४ बलमा १६ रन बनाएर आउट भए । पारसकाे ठाउँमा दिपेन्द्र सिंह ऐरी आएका छन् । अहिले क्रिजमा  साेमपाल कामी र एेरी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us