अन्ततः रोनाल्डो जेल बस्नु नपर्ने

काठमाण्डु टुडे २०७५ माघ ८ गते १७:१४ मा प्रकाशित

एजेन्सी । स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो जेल बस्नु नपर्ने भएको छ । रोनाल्डोले १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएपछि उनी जेल जानुनपर्ने भएको हो तर, अदालतले उनलाई २३ महिना जेल सजाय पनि सुनाएको थियो ।

यो सिजन रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो मंगलबार स्पेनिस अदालतमा हाजिर भएका थिए ।

अदालतमा आफैं उपस्थित भएका उनले अभियोजनकर्ताले प्रस्ताव गरेको १६.६ मिलियन युरो जरिवाना स्वीकार गरेका छन् । रोनाल्डोमाथि २०१० देखि २०१४ सम्म छर छलेको आरोप लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us