विश्वकप खेल्ने नेपाली खेलाडि सवै भन्दा कम उमेरका

काठमाण्डु टुडे २०७० चैत २ गते २:४८ मा प्रकाशित

criket team काठमाण्डु, २ चैत – नेपाली क्रिकेटका उदियमान बलर सोमपाल कामी भाग्यमानी ठहरिएका छन् । उनी भाग्यमानी हुनुमा धेरै कारण छन् ।

नेपालमा तिव्र बलरको अभाव भएका बेला सोमापाल नेपाली टिममा समाहित भएका थिए ।

किर्तीपुरमा भएको जर्नी टू वर्डकपबाट उनले राष्ट्रिय टिममा डेभ्यू गरेका थिए ।

नेपाल खेलाडी धेरै जसो तीन बर्ष नाघेका छैनन् । शक्ति गौचन मात्रै २९ बर्ष भए । नेपाली टिममा सवै भन्दाकान्छा खेलाडी हुन् सोमापाल ।

उनी १८ बर्ष ४२ दिनका मात्रै भए । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १८ वर्षको प्रतिक्षा र मेहनतपछि नेपालका लागि यो ऐतिहासिक क्षण आएको हो ।

यो क्रिकेट मात्रै नभएर कुनै पनि खेलमा नेपालको पहिलो विश्वस्तरीय सहभागीता हो ।
आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी हुने १६ वटा टोली मध्ये नेपाली टोली सबैभन्दा कम उमेरको टोली रहेको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमले नेपाली टोलीका कुनैपनि सदस्य ३० वर्षमाथिका नभएको भन्दै नेपाललाई वल्र्डस योङ्गेस्ट टिम भनेर प्रशंसा गरेका छन ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us