मलेसियाली विमान अपहरणमा परेको आशंका

काठमाण्डु टुडे २०७० चैत १ गते ११:५० मा प्रकाशित

Planeकाठमाण्डु, १ चैत – एक सातादेखि हराईरहेको मलेसियन एरलाईन्सको विमान अपहरणमा परेको हुनसक्ने आशंका गरिएको  छ ।

मलेसियाली अधिकारीहरुले विमान अपहरण भएको हुनसक्ने निश्कर्ष निकालेसँगै अनुसन्धान त्यतातर्फ मोडिएको छ ।

चालक दलका सदस्य र यात्रुसहित २ सय ३९ जना सबार विमान क्यालालाम्पुरबाट चीनको राजधानी बेइजिङतर्फ जाँदै गर्दा बेपत्ता भएको थियो ।

मलेसियाका प्रधानमन्त्री नाजिब रजाकले विमानको सञ्चार प्रणाली कसैले बन्द गरिदिएको दाबी गरेका छन् ।

स्याटलाईट र राडारको आधारमा संकलित सूचनामा विमानले बाटो परिवर्तन गरेको देखिएको उनले बताए । सञ्चार प्रणाली बन्द गरेपछि विमान थप ७ घण्टा उडेको हुनसक्ने मलेसियन अधिकारीहरुको निष्कर्ष छ ।

विमान बेपत्ता भएको बारे मलेसियाको आधिकारीक धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री रजाकले मलेसियाको पूर्वी समुद्री किनारमा पुगेपछि विमानको सञ्चार प्रणाली बन्द गरिएको प्रमाण पाइएको बताए ।

मलेसिया र भियतनामको ट्राफिक कन्ट्रोलकोबीचमा विमानको संकेत चिन्ह दिने ट्रान्सपोन्टरको स्वीच अफ गरिएको उनको दावी छ ।

प्रधानमन्त्रीको पत्रकार सम्मेलनलगत्तै प्रहरीले विमान चालक जाहिरी अहमदको क्वालालम्पुरस्थित निवासमा छापा मारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us