नेपाल फिफा बरियतामा ९ स्थान उक्लियो

काठमाण्डु टुडे २०७० फागुन २९ गते १२:१० मा प्रकाशित

football-abstract-6aकाठमाण्डु, २९ फागुन – फिफा बरियतामा नेपाल ९ स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको नियमनकारी निकाय ‘फिफा’ले विहीबार जारी गरेको नयाँ बरियतामा नेपाल ९ स्थान माथि उक्लँदै १ सय ६० औं स्थानमा आइपुगेको छ ।

यसअघि नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो ।

दक्षिण एसियामा नेपालभन्दा अघि अफगानिस्तान १ सय २७, भारत १ सय ५२ र पाकिस्तान १ सय ५८औं स्थानमा छन् ।

यसैगरी बंगलादेश १ सय ६२, श्रीलंका १ सय ७३ र भुटान २ सय ७ औं स्थानमा छन् । बरियताको शीर्ष स्थानमा स्पेन, दोस्रोमा जर्मनी, तेस्रोमा अर्जेन्टिना तेस्रो र चौंथोमा पोर्चुगल कायमै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us