
काठमाण्डु, १९ फागुन – ट्वान्टी ट्वान्टी विश्वकपका लागि नेपाली टोलीका लागि नयाँ जर्सी बनेको छ ।
नेपाली टोलीले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा गाढा निलो रंगमा रातो मिसिएको जर्सी प्रयोग गर्दै आएको थियो । चैत २ गतेदेखि बंगलादेशमा सुरु हुने विश्वकपका लागि नयाँ जर्सी बनाइएको छ ।
खैरो रंगमा रातो मिसिएको जर्सीमा नेपाल मैदानमा उत्रिने छ । नेपाली क्रिकेटको प्रायोजक सिङग स्टिल एसजी प्रालीले जर्सी तयार गरेको हो । डिजाइन र रंग परिवर्तन गरिएको जर्सीमा नेपालको झण्डा, विश्कपको लोगो राखिएको छ ।
तर नेपाली झण्डाको रंग भने बिगारिएको छ । नेपाली झण्डाको छेउ निलो हुनुपर्नेमा सेतो राखिएको छ । झण्डाको स्वरुप बिगार्न पाइदैन । तर प्रायोजकले भने झण्डाबाट निलो रंग नै हटाएका छन् ।