पूर्वी नेपालमा भूकम्पको झट्का

काठमाण्डु टुडे २०७० भदौ २७ गते ५:०२ मा प्रकाशित

धनकुटा, २७ भदौ – पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान १० बजेर १४ मिनेटमा धनकुटा बजारलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । केन्द्रका अनुसार करिब ७ सेकेण्डजति भूकम्पको धक्का महसुस गरिएको थियो । धनकुटाका साथै पूर्वका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र तेह्रथुममा समेत भूकम्पको झट्का महसुुस गरिएको थियो ।

भूकम्प आएपछि मानिसहरु सुरक्षित स्थानको खोजीमा घरबाहिर निस्किएका थिए । यसअघि गत १५ भदौमा राजधानीसहित देशभर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us