
सिन्धुपाल्चोक, १५ फागुन– प्रहरीले सुन तस्करीविरुद्ध विशेष सक्रियता बढाएपछि तस्करहरुले नयाँनयाँ तरिक अपनाउन थालेका छन् ।
प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्लाष्टिकको झोलामा राखेर तीब्बतबाट नेपाल हुँदै भारत लान लागिएको १० किलोग्राम अवैध सुनसहित तीन जनालाई पक्रेको छ ।
प्रहरीले विषेश सूचनाका आभारमा दुई चिनियाँ र एक नेपालीलाई पक्रेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४६ वर्षीय सिजङ घ्याम्पुङ, र ३१ वर्षीय कर्माछिरिङ शेर्पा तथा सवारी चालक सिन्धुपाल्चोकका जिमी शेर्पा छन् ।
चीनको चीब्बतबाट बा ९ च ७२६८ नम्बरको बलेरो जिपको पछाडी प्लाष्टिकको झोलामा राखेर सुन नेपाल भित्र्याँउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतले सुन आयातमा कडाइ गरेपछि नेपाल हुँदै भारततर्फ सुन तस्करी बढेको छ । व्यवसायीका अनुसार नेपालबाट भारतर्फ दैनिक एक सय किलो ग्रामको हाराहारीमा सुन तस्करी हुने गरेको छ ।