साझा यातायातमा महिला चालक

काठमाण्डु टुडे २०७० फागुन १२ गते १२:४६ मा प्रकाशित

Sajha-Yatayatललितपुर, १२ फागुन – साझा यातायातमा पहिलो पटक महिला चालक नियुक्त भएकी छन् ।

करिब छ वर्षदेखि बन्द रहेको यातायात सेवा गत वैशाख १ गतेदेखि पुनः सञ्चालनमा ल्याई  महिलामैत्री बनाउने उद्देश्यले यही फागुन ३ गतेदेखि रेविका थापालाई चालकमा नियुक्त गरिएको साझाले जनाएको छ ।

यस अघि सो यातायातमा पाँच जना महिला सहचालक मात्र रहेका थिए ।

पचपन्न सिट क्षमता रहेको सो बस १२ मिटर लामो रहेको भएपनि यसभन्दा अगाडि आफूले साना गाडीमा चालकको काम गरेकाले आफूलाई कुनै कठिन नभएको चालक थापा बताउँछिन् ।

महिलालाई प्रोत्साहन गर्न साझा यातायातले सकेसम्म महिला चालक र सहचालकलाई स्थान दिने साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us