
काठमाण्डु, ११ फागुन– नेपालमा दर्ता भएका तीन लाख साना तथा घरेलु उद्योगमध्ये आधाभन्दा बढी उद्योग सञ्चालनविहीन बनेका छन् ।
साना उद्योगको वित्तीय पहुँच तुलनात्मक रूपमा ज्यादै कम हुने भएकाले आर्थिक अवस्था कमजोर हुँदा उद्योग सञ्चालनको सम्भावना न्यून हुने गरेको घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।
महासंघका अनुसार नेपालमा दर्ता भएका करिब तीन लाख उद्योगमध्ये एक लाख ४० हजार उद्योगमात्र सञ्चालनमा रहेका छन् ।
महासंघका उपाध्यक्ष श्यामप्रसाद गिरीले त्यस्ता उद्योगहरू सञ्चालन गर्दा थोरै लगानी लाग्ने भएकाले उद्योग सञ्चालकले आकर्षण देखाउने तर उद्योग सञ्चालनपछि सोचेजस्तो आम्दानी हुन नसकेको बताए ।
त्यस्तै नवीकरण गरेका प्रायः ग्रामीण भेगका उद्योग भने ऊर्जा सङ्कटले गर्दा सञ्चालनविहीन भएको उनको भनाइ छ ।