ऋषिपञ्चमी पर्व मनाउँदैछन् महिलाहरु

काठमाण्डु टुडे २०७० भदौ २५ गते २:१५ मा प्रकाशित

1आज भाद्र शुक्ल पञ्चमी, हिन्दू महिलाहरुले ऋषिपञ्चमी पर्व मनाउँदैछन् । आजको दिन व्रतालु महिलाहरु नजिकैका नदी, तलाउ, धारा, पोखरी आदि जलाशयमा गएर वर्षदिनको प्रतीकका रुपमा ३ सय ६० वटा दतिवनले दाँत माझ्ने गर्छन् । माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर दिउँसो अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने चलन छ । आज कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र, वरिष्ठ र अरुन्धतीको पूजा गर्नुपर्ने धार्मिक मान्यता छ । ऋषि पूजापछि नागचान र भजनकीर्तन गरी तीजको व्रत समाप्त गरिन्छ । ऋषिपञ्चमकीको अवसरमा काठमाण्डूको टेकु लगायत देशभरका ऋषि मन्दिरमा बिहानैदेखि महिलाहरुको घुईंचो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us