
काठमाण्डु, ४ फागुन – थाईल्याण्डमा चलिरहेको एसिसी महिला प्रिमियर क्रिकेटमा चीनसंग ६९ रनले पराजित भएको छ ।
१ सय ६० रनको लक्ष्य पछ्याएको नेपाल ३६ दशमलव १ ओभरमा ९० रनमा अलआउट भयो । नेपालका लागि नीरा राजोपाध्यायले १६, करुणा भण्डारीले १५ र ममता चौधरीले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंक छुन सकेनन् ।
टस जितेर पहिले व्याटिङ्ग गरेको चीनले ८ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । करुणा भण्डारी र सरस्वती चौधरीले समान दुई, सोनु खड्का, रुविना क्षेत्री र सीता मगरले समान एक एक विकेट लिए ।
चीनसँगको खेलमा पराजित भएपछि नेपालको फाइनल प्रवेशको सम्भावना लगभग सकिएको छ ।