
काठमाण्डु, २ फागुन – थाईल्याण्डमा चलिरहेको एसिसी महिला प्रिमियर क्रिकेटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा नेपालले भुटानलाई ५ विकेटले पराजित गरेको हो ।
चियाङमाई मैदानमा भुटानले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २६ दशमलव २ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ३१ रन बनाइन् भने ममता थापाले २०, ममता चौधरीले १३ तथा सीता मगरले ८ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको भुटानले पुरै ४० ओभर खेलेर ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । नेपालका सोनु खड्का र रुबिना क्षेत्रीले समान २/२ तथा सिता मगर र रेखा रावलले समान १ विकेट लिए । नेपालले अर्को खेल बुधबार चीनसँग खेल्नेछ ।