सरकारको निर्देशनपछि डिन नियुक्तिको गृहकार्य सुरु

काठमाण्डु टुडे २०७० माघ २९ गते २:२७ मा प्रकाशित

काठमाण्डु, २९ माघ– सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानमा २४ घण्टाभित्र डिन नियुक्त गर्न निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालयले डिन TUनियुक्तिका लागि गृहकार्य थालेको छ ।
त्रिविका रजिष्टा्रर चन्द्रमणि पौडेलले आफूहरु डिन नियुक्तिको गृहकार्यमा जुटिसकेको जानकारी दिए । उनले आज बस्ने त्रिवि कार्यकारी परिषद्को बैठकले डिन नियुक्तिको सिफारिस गर्न समिति गठन गर्ने बताए । यसअघि गठित समितिका एक सदस्यले विवादका कारण राजीनामा दिएपछि नयाँ समिति गठन गर्न लागिएको हो । पौडेलले यसअघि संस्थानभित्रैका चिकित्सक सम्मिलित सिफारिस समिति गठन गरिएका कारण विवाद भएको भन्दै यसपटक संस्थानबाहिरका विशेषज्ञ सम्मिलित समिति बनाउन लागिएको उल्लेख गरे । नयाँ डिन विधि र प्रक्रियाअनुसार नै नियुक्त गरिने पनि पौडेले स्पष्ट गरे ।
हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले २४ घण्टाभित्र डिन नियुक्तिका लागि निर्देशन दिएको थियो । वरिष्ठताका आधारमा डिन नियुक्तिलगायतका माग राख्दै आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पतालका पदाधिकारी र चिकित्सकले हिजो सामूहिक राजीनामा दिएका थिए ।
यसैबीच चिकित्सकहरुको आन्दोलनका कारण त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा आज पनि बन्द छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us