
रौतहट, १८ माघ – रौतहटको कनकपुर गाविस–५ सिम्री गाउँका महिलाले व्यावसायिकरुपमा अनार खेती गरेका छन् । सो गाउँ छेउमा रहेको नमस्ते सामुदायिक वन समूहको वन क्षेत्रमा रीड नेपालको सहयोगमा पाँच महिला समूहले व्यावसायिकरुपमा अनार खेती गरेका हुन् ।
गडिमाई, त्रिशक्ति, लोकप्रिय, जनशक्ति र मिलन महिला अनुसन्धान सामुदायिक संस्थाबाट उक्त जमिनमा ४०० अनारको बिरुवा रोपिएका छन् ।
तीन वर्षमा अनार खेतीले उत्पादन दिन थाल्ने र यो व्यवसाय दीर्घकालीन हुने महिलाहरूले बताएका छन् ।
अनार खेतीबाट हुने आम्दानी महिलाको शीपमूलक तालिममा खर्च गरिने गडिमाई महिला अनुसन्धान सामुदायिक संस्थाकी सचिव अनिसा खतिवडाले बताईन् ।