अतिक्रमण गरेर बसेका तीस परिवार हटाइयो

काठमाण्डु टुडे २०७० माघ ७ गते १२:२६ मा प्रकाशित

कञ्चनपुर, ७ माघ – कञ्चनपुरको कृष्णपुर–४ मा रहेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिको जग्गा अतिक्रमण गरेर बसेका ३० परिवारलाइ मंगलबार हटाइएको छ ।

सामुदायिक वनको जग्गा अतिक्रमण गरी छाप्रा निर्माण गरी अवैधरुपमा बस्दै आएका परिवारलाई इलाका वन कार्यालय बाणि, इलाका प्रहरी कार्यालय र सामुदायिक वनका पदाधिकारीको प्रयासमा हटाइएको हो ।

सामुदायिक वनको जग्गामा दुई वर्षदेखि अवैधानिक तरिकाले छाप्रा निर्माण गरी बस्दै आएका परिवारले खनजोत गर्न थालेपछि त्यस क्षेत्रबाट हटाइएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायव निरीक्षक गोपाल कार्कीले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us