कोइरालासहित डाक्टरहरुको राजीनामा

काठमाण्डु टुडे २०७० माघ ७ गते ९:३६ मा प्रकाशित

काठमाण्डु, माघ ७ –त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले राजीनामा दिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशी शर्माको नियुक्तिको विरोधमा डाक्टरहरुले सामूहिक राजीनामा दिएपछि कोइरालाले पनि राजीनामा दिएका हुन् ।

यसअघि त्रि.वि. शिक्षण अस्पतालका प्राध्यापक डाक्टरहरुले सामूहिक राजीनामा दिएका थिए। शिक्षण अस्पताल परिसरमा जम्मा भएर करिव २ सय बढि डाक्टरहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

उनीहरुले प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकार तथा त्रिभूवन विश्वविद्यालयले चासो नदिएको आरोप लगाए ।

सर्वोच्च अदालतले सोमबार अस्पतालको सेवा सुचारु गर्न अन्तरिम आदेश दिएपछि दवावमा परेका डाक्टरहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us