विराटनगर, ५ माघ–एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले पार्टीको नेतृत्व नछाड्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले निर्वाचनपछि पार्टीमा जटिल अवस्था सिर्जना भएकाले यस्तो अवस्थामा आफूले नेतृत्व छाडे पार्टीभित्र थप संकट आउने भन्दै तत्काल नेतृत्व नछाड्ने बताए ।
अहिले पार्टीभित्र चलेको बहसमा निर्वाचन परिणामको विषयमा गम्भीर छलफल गरेर अघि बढ्ने भन्दै प्रचण्डले कुनै हालतमा पनि नेतृत्व हस्तान्तरण नहुने बताए ।
अहिलेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा विवाद गर्नुभन्दा पनि संविधान निर्माणमा जुट्नुपर्ने उनले बताए ।
सरकार बनाउने मुख्य जिम्मेवारी कांग्रेसको भएको भन्दै उनले यो विषयमा कांग्रेस बढी गम्भीर हुनुपर्नेमा जोड दिए ।