चौकीमा महिला प्रहरी मात्रै

काठमाण्डु टुडे २०७० माघ ३ गते १:३६ मा प्रकाशित

दमक, ३ माघ–झापाको अनारमनी–९ बिर्ताबजारस्थित अस्थायी प्रहरी चौकी बिर्ताबजारमा महिला प्रहरी मात्र खटिएका छन् । शान्तिसुरक्षामा महिला प्रहरीको भूमिका बढाउन सो चौकीमा बिहीबारदेखि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी परिचालित भएका हुन् ।

सो चौकीमा प्रसनि गङ्गामाया राईको नेतृत्वमा ११ जना महिला प्रहरी परिचालित छन् । चौकीमा हबलदारद्वय टीकादेवी कार्की, यादव लक्ष्मी श्रेष्ठ र आठजना महिला प्रहरी जवान रहेका अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक केशरीराज घिमिरेले जानकारी दिए ।

मेची अञ्चलमा महिला प्रहरी मात्रले चौकी सम्हालेको यो पहिलो अवसर हो । २०२४ सालमा स्थापित सो चौकी जिल्लाको पुरानो चौकी मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us