
काठमाण्डु, ३० पुस– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार विहानका सबै उडान स्थगित भएका छन् । बाक्लो हुस्सु र कुहिरो लागेकोले भिजिविलिटी उपयुक्त नभएपछि उडान रद्ध गरिएको हो ।
अहिले काठमाण्डु उपत्यकाको भिजिविलिटी ५० मिटर मात्रै रहेको छ । हवाइ उडानको लागि तीन हजार मिटरसम्म भिजिविलिटी आवश्यक पर्दछ ।
मंगलबार विहान काठमाण्डु उपत्यका सहित देशका बिभिन्न स्थानमा बाक्लो हुस्सु लागेपछि चिसो बढेको छ ।