आर्सनल फेरि शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० पुष ३० गते २:३५ मा प्रकाशित

Arseanalकाठमाण्डु, ३० पुस–एस्टन भिलालाई २–१ ले हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनल शीर्ष स्थानमा उक्लिएसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा धकेलिएको छ ।

आर्सनलको ४८ अंक छ भने म्यानचेस्टर सिटीको ४७ अंक छ । ४६ अंकका साथ चेल्सी तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थान ४२ अंक सहित लिभरपुलले ओगटेको छ ।

मंगलबार राति आर्सनल र एस्टन भिल्लाबीचको खेलमा ३४ औं र ३५ औं मिनेटमा (एक मिनेटको अन्तर भित्र) लगातार दुई गोल गर्दै आर्सनलले जीत सुनिश्चित गरेको हो । आर्सनलकालागि इङ्ल्याण्डका राष्ट्रिय खेलाडी ज्याक विलशेयर र फ्रान्सका राष्ट्रिय खेलाडी ओलिभर जिराउडले एक–एक गोल गरे ।

बाँकी सिजन खेल्न नसक्ने गरि स्टार खेलाडी थियो वाल्कट बाहिरिएपछि आर्सनलले खेलको सुरुवातदेखि नै भिल्लालाई दवावमा राखेको थियो । १६ खेलमा पहिलो गोल गर्दै आर्सनलले प्रिमियर लिगको एक सिजनमा सबैभन्दा धेरै चोटी पहिलो गोल गर्ने रेकर्ड पनि राखेको छ ।

आफ्नै घरेलु मैदान भिलापार्कमा खेलेको खेलमा आर्सनलले ७६ औं मिनेट वेल्जियमका खेलाडी क्रिश्चियन बेल्टेक मार्फत सान्त्वना गोल गर्यो । वेल्टेकको लगातार ११ प्रिमियर लिग म्याच असफलता पछि यो पहिलो गोल थियो । यसअघि उनले गत सेप्टेम्बरमा न्यु क्यासल विरुद्ध गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us