
बाँके, २९ पुस – चरा मार्न प्रतिबन्ध लगाएपछि बाँकेका चिडिमार समुदायको पेसा संकटमा परेको छ ।
चिडिमार समुदायले वनमा गएर तिथ्रा, ढुकुर, बठेर, लुचिया, वनमुर्गीलगायतका चरा मार्ने र बेचेर गुजरा चलाउँदै आएका थिए । तराईका मधेसी समुदायका चिडिमार समुदाय अहिले चरा पाउन छोड्नु र सरकारले पनि चरा मार्न प्रतिबन्ध लगाएपछि चिन्तामा परेका छन् ।
आर्थिक आयआर्जन र परिवार चलाउन एक मात्र चरा मार्ने पेसा अहिले जाल थाप्न र चरा छोप्न बन्देज छ । अन्य वैकल्पिक पेसा पनि नहुनु र चरा मार्न बन्देज भएपछि आर्थिक जोहो जुटाउन, वैकल्पिक पेसा र मजदूरीमा लाग्नु परेको द्रोपती चिडिमारको दुःखेसो छ ।
सीमान्तकृत तथा लोपोन्मुख समुदायमा पर्ने चिडिमार समुदायको जनसङ्ख्या जिल्लामा करिब तीन हजार छ ।