
काठमाण्डु, २९ पुस– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच सोमबार विहान भेटवार्ता भएको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
प्रचण्डलाई भेट्न नेता नेपाल विहान ७ बजे नै लाजिम्पाट पुगेका थिए । एक घण्टासम्म भएको भेटवार्तामा नयाँ सरकार गठन, राष्ट्रपतिको निर्वाचन लगायत विषयमा कुराकानी भएको बताइएको छ ।