
काठमाण्डु, २८ पुस– मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् ।
यादवले आफूहरू संविधान निर्माणलाई प्राथमिकता दिन चाहेकाले प्रतिपक्षमा बस्ने बताए ।
उनले मधेसका विषयलाई स्थापित गर्न केही मधेसी दलबीच एकताको प्रक्रिया प्रारम्भ भएको जानकारी दिए ।
फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच आगामी एक महिनाभित्र एकता गर्ने गरी प्रक्रिया प्रारम्भ अघि बढाइएको उनले बताए ।