
काठमाण्डु, २८ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएको खेलमा संकटा क्लबले थ्रीस्टार क्लबलाई हराएको छ ।
संकटाले थीस्टारलाई १ शून्यले हराएको हो ।
संकटाका लागि खेलको ५८ औं मिनेटमा ओलावाले गोल गरे । यो हारसँगै थ्रीस्टारको उपाधियात्रा अझै कठिन बनेको छ ।