रामवरणले खिलराजलाई के भने ? (राष्ट्रपति कार्यालयको विज्ञप्तिसहित)

काठमाण्डु टुडे २०७० पुष २७ गते ४:३५ मा प्रकाशित

Rambaran-and-Khilarajकाठमाण्डु, २७ पुस – संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बोलाउने भएका छन् ।

पहिलो बैठक बोलाउने विषयमा आफ्नो दावी प्रस्तुत गर्दै आएका राष्ट्रपति यादवले संविधानको भावना अनुसार रेग्मीलाई बैठक बोलाउन आग्रह गरेपछि अन्तत: बैठक रेग्मीले नै बोलाउने भएका हुन् ।

शीतलनिवासमा शनिबार भएको रेग्मी र यादवबीचको भेटमा यादवले अन्तरिम संविधानको धारा ६९ मा भएको व्यवस्था अनुसार बैठक बोलाउन ध्यानाकर्षण गराएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यद्यपि यो विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई भने २९ गते हुँदैछ ।

यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीRastrapati

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us