
काठमाण्डु, २४ पुस– भारतको महाराष्ट्रस्थित घोडबल स्टेशन नजिक बुधबार विहान रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक महिला र चार पुरुषको मात्र सनाखत भएको छ । एक महिला र चार पुरुषको धुवाँमा निसास्सिएर मृत्यु भएको हो । उद्धारको क्रममा अन्य चार शव पूरै जलेको अवस्थामा फेला परेका छन् । ति जलेका शवकाे पहिचान भएको छैन । लिङ्ग समेत नखुल्ने गरी जलेकाले सनाखत नभएको रेल्वे प्रवक्ता शरद चन्द्रायनले बताएका छन् ।
मुम्बईबाट देहरादून जाँदै गरेको देहरादुन एक्सप्रेस रेलमा विहान साढे २ बजेतिर एक्कासी आगो लागेको हो । आगो लाग्दा यात्रुहरु निदाइरहेका थिए । आगोमा जलेर रेलका तीनवटा डिब्बा क्षतिग्रस्त भएका छन् । आगो लाग्नुको कारण भने खुलेको छैन ।