
काठमाण्डु, २३ पुस–पोर्चुगलका राष्ट्रिय खेलाडी तथा रियल म्याड्रिडका मुख्य स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले ब्यवसायीक क्लब खेलमा ४ सय गोल पुरा गरेका छन् । स्पेनीस लिग लालिगा अन्तरगत सोमबार राति सेल्टाभियो विरुद्ध ३–० को जीत निकाल्ने क्रममा रियलका तर्फबाट २ गोल गर्दै रोनाल्डोले ४ सय गोल पुरा गरेका हुन् ।
खेलमा आफूले गरिएका गोल रोनाल्डोले महान फूटबल खेलाडी युसेवियोलाई समर्पित गरेका छन् ।
जीतसँगै रियल म्याड्रिडले लीग तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अन्तर कम गरेको छ । रियल लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
उता रियल म्याड्रिडकै रोनाल्डोका पूर्व साथी खेलाडी काकाले ईटालियली क्लब ए सी मिलानकालागि १ सय गोल पुरा गरेका छन् । रियल म्याड्रिडबाट यसै वर्ष आफ्नो पूर्व क्लब मिलान फर्किएका काकाले ईटालीयाली क्लबमा फर्किएपछि ६ गोल गरिसेका छन् ।
सन् २००९ मा रियल म्याड्रिड जानु पूर्व काकामा एसी मिलानबाट नै खेल्ने गर्थे । लिगमा एटलान्टालाई ३–० ले हराउने क्रममा काकाले दुई गोल गरे ।
जीतसँगै यसपटक खराब प्रदर्शन गरिरहेको एसी मिलान २२ अंकका साथ लिग तालिकाको दशौं स्थानमा पुगेको छ । युभेन्ट्स ४२ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।