
लिमा, १८ पुस– पेरुको दक्षिण भागमा पर्ने आन्डेआन कुस्को क्षेत्रमा पर्ने एक नदीमा भारी वर्षापछि बुधबार आएको बाढीेको कारण १६ हजार स्थानीय बासिन्दा घरवारविहीन भएका छन् ।
पेरुको राजधानी लिमाबाट एक हजार १ सय ५१ किलोमिटर दक्षिणपूर्वमा पर्ने दुर्गम क्षेत्रमा बुधबार विहान आएको बाढीबाट धेरै मानिस घरबार विहीन भएका हुन् ।
उक्त क्षेत्रका मेयरका अनुसार नदीमा आएको सो बाढीबाट घरहरू बगाउनुकासाथै घरभित्रका सबै सरसामान नै नष्ट भएका छन् । मेयरका अनुसार केन्द्रीय सरकारलाई सो बाढीबाट पीडित व्यक्तिहरूलाई सक्दो छिटो संकटकालीन सहयोगका लागि संचेत गराइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार वर्षा अझै लगातार भइरहेकोले हुनाले बाढीको मात्रा पनि अझै पनि बढ्ने डर रहेको छ । रासस/सिन्ह्वा