
काठमाण्डु, १६ पुस – सहिद स्मारक ए डिभिजन लिगमा फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले फ्रेण्डस् क्लबलाई हराएको छ ।
एपिएफले फ्रेन्डसलाई १–० ले हराएको हो । खेलको ६६ औ मिनेटमा नविन लामाले गरेको गोल नै एपिएफलाई जिताउन पर्याप्त रह्यो ।
अघिल्लो वर्षको लिगमा फ्रेण्डस् क्लब चौथो स्थानमा थियो भने एपिएफ १२ औं स्थानमा थियो ।
पछिल्लो समयमा खराब फर्ममा रहेको एपिएफले ए डिभिजन लिगमा भने सुखद सुरुवात गरेको छ ।